Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


रिक्सा चालकले सपनामा देखेको शिव गुफामा दर्शनार्थीको भीड


0
Shares

कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ उमरीडाँडास्थित मानव निर्मित शिव गुफामा दर्शनार्थीको चहलपहल बढेको छ ।

प्रायः सोमबारका दिन भीडभाड हुने गुफामा दर्शनार्थीको संख्या बढ्दै गएको स्थानीय बताउँछन् ।

यसअघि प्रचारप्रसार नहुँदा छायाँमा परे पनि पछिल्लो समय गुफामा चहलपहल बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज अधिकारीले बताए ।

शिव गुफाको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । रिक्सा चलाएर पूजाआजा गर्दै आएका बाबाले २०५९ सालमा गुफा निर्माण गरेका हुन् ।

मन्दिरमुनि शिवलिंग रहेको सपना देखेपछि रातारात गुफा निर्माण गरेको बाबा बताए ।

गुफा तयार भइसकेपछि मात्र स्थानीयले थाहा पाएको सामाजिक अगुवा तुल्सीराम थारुले बताए ।

मन्दिरको २५ फिट तल शिव गुफा रहेको छ । गुफाभित्र रहेका विभिन्न देवीदेवताका मूर्ति आफैं उत्पत्ति भएको बाबाको भनाई छ ।

२०५९ सालदेखि मौनब्रत लिएका बाबाले २०७० को महाशिवरात्रिका दिन ब्रत तोड्नु भएको थियो ।