१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


प्रदेश नम्बर २ का सबै नगर र गाउँपालिकामा आजबाट निर्वाचन कार्यालय खुल्दै


0
Shares

१३६ वटै स्थानीय तहमा आज निर्वाचन कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ ।

सबै जिल्ला सदरमुकाममा गत ७ गते नै मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

२ नम्बर प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५८ वटा गाउँपालिका छन् ।

यसमध्ये ९ वटा स्थानीय तह पछि थपिएको र ती तहमा मतदाताको नाम र ठेगाना सच्याउने काम भैरहेको आयोगले जनाएको छ ।

आयोगले मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री यसअघि नै जिल्लामा पठाइसकेको र यही १५ गतेदेखि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ ।

राजनीतिक दलहरुले पनि उम्मेदवार छनौटदेखि प्रचार अभियानमा जुटेका छन् ।