
-फाइल तस्वीर
मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया ती युवतीको पेटभित्र रहेको ट्युमर बिनाचिरफार दूरबिन प्रविधिबाट निकालिएको हो ।
गत शुक्रबार ती युवतीको पेट एक्कासी दुख्न थालेपछि उनलाई ओमसाइमा भर्ना गरिएको थियो ।
उनको पेट असाधारणरुपमा सुन्निएकाले शल्यक्रिया गर्न सुझाव दिएपछि चिकित्सकको टोलीले सोही दिन ट्युमर झिकेर फालिदिएको हो ।
करिब दुई घण्टा लगाएर ट्युमरको सफल शल्यक्रिया गरिएको डा शशि सिंहले बताए । उजका अनुसार सानो आकारको तीन वटा प्वाल बनाएर पेटभित्र रहेको ट्युमरको शल्यक्रिया गरिएको हो ।
शल्यक्रियामा डा सिंहसहित डा सुमन सिंह र डा मुस्कान सिंह सहभागी थिए। चिकित्सकका अनुसार यति ठूलो ट्युमर कमैमात्रामा हुने गरेको छ ।
ती युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र केही दिनमै घर पठाइने अस्पतालले जनाएको छ ।
छोरीको उपचार सफल भएपछि आमा हृदय राजवंशीले खुशी व्यक्त गर्दै चिकित्सकको टोलीलाई धन्यवाद दिइन् ।
उनले आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले अस्पतालमा लागेको खर्चमा केही हेरिदिन आग्रह पनि गरिन् । रासस
प्रतिक्रिया दिनुहोस्