
जिल्ला अस्पतालसहित मातहतका स्वास्थ्य संस्थामा दैनिक आउने बिरामीको संख्यामा पहिलेभन्दा कम हुँदै गएको अस्पतालले जनाएको छ ।
मौसममा आएको फेरबदलसँगै जिल्ला अस्पतालमा यसअघि दैनिक १५० देखि २०० जना भाइरल ज्वरोका बिरामी आउने गरेका थिए । अहिले यो संख्या १०० को हाराहारीमा झरेको छ ।
आइतबारदेखि अस्पतालका बेडसमेत खाली हुन थालेका छन् । महामारी नियन्त्रण गर्न बसन्तपुर, फुलेकलगायत गाउँमा क्षेत्रीय प्रमुख डा. विष्णुबहादुर बस्नेतसहितको टोलीले निरीक्षण गरेको छ ।
औषधि अभाव भएका गाउँमा औषधि पठाइएको र जिल्ला अस्पतालमासमेत थप औषधि माग गरिएको छ ।
मौसमी भाइरलका कारण सुरुमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, पेट दुख्ने, खान मन नलाग्ने, बान्ता हुने, नाकबाट सिंगान बगिरहने र अन्त्यमा ज्वरो आउने लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्