१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


प्रदेश नम्बर–२ को निर्वाचनः यस्तो छ निर्वाचन आयोगको तयारी (भिडियो)


0
Shares

जिल्ला निर्वाचन अधिकृतको कार्यालय पनि सन्चालनमा आइसकेकाले स्थानीयस्तरबाट थप तयारी हुने पनि आयोगले जनाएको छ ।

आयोगले निर्वाचनका लागि केन्द्रले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको र अब बाँकी काम जिल्ला निर्वाचन कार्यालयको जिम्मामा गएको जनाएको छ ।

मतपत्र, मतपेटिकालगायत आवश्यक निर्वाचन सामग्री जिल्लामा पठाइसकेको र यही भदौ १५ गतेदेखि निर्वाचन शिक्षा कार्यक्रम सन्चालन गर्ने पनि आयोगले जनाएको छ ।

आयोगले यसअघि नै मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्चालनमा ल्याइसकेको थियो ।

प्रदेश नम्बर–२ मा पछिल्लोपटक सरकारले ९ ओटा स्थानीय तह थपेपछि थपिएका तहका मतदाताको नाम र ठेगाना अद्यावधिक गर्ने काम पनि एक/दुई दिनमा सम्पन्न हुने जनाइएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भदौ २१ गते उम्मेदवारी मनोनयन दर्तापछि आवश्यक व्यवस्थापनको कामको लागि पनि आयोगले तयारी गरिरहेको जानकारी दिए ।

आयोगले साउन अन्तिम साता आएको बाढीले क्षतिग्रस्त बाटो, पुललगायतका भौतिक पूर्वाधार निर्माण छिटो गर्न सरकारसँग पटक–पटक आग्रह गर्दै आएको छ ।

बाढीले क्षतिग्रस्त बाटो, पुल, सडक मर्मत नगरे निर्वाचनमा मतदाताको सहभागिता घट्नेतर्फ आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै, निर्वाचनकेन्द्रित शान्ति–सुरक्षा तर्फपनि सजक रहन आयोगले सरकारसँग आग्रह गरेको छ ।

आगामी असोज २ गते स्थानीय तह निर्वाचन हुने २ नम्बर प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५८ ओटा गाउँपालिका छन् ।

भिडियो हेर्नुहोस्