२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


अवैध सालको काठ बरामद, एक पक्राउ, दुई फरार


0
Shares

से१ख ७१० नम्बरको मिनिट्रकमा दिपायल ल्याइँदै गरेको तयारी काठ इलाका प्रहरी कार्यालयले बुडर, डोटीले सोमबार राति गोप्य सुराकीका आधारमा बरामद गरेको हो ।

काठसँगै मिनिट्रक र डडेल्धुरा, आलिताल गाउँपालिका–४ घरेलुका ट्रकचालक दीपेन्द्र बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाडीमा सवार रहेका अरु दुईजना भने फरार भएका छन् । चालक बोहराले काठ आफ्नो रहेको बयान दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयले मंगलबार दिउँसो सेक्टर वन कार्यालय बुडर र स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा काठको मुचुल्का उठाएको छ ।

मुचुल्कापछि सो काठ प्रहरीले सेक्टर वन कार्यालयलाई हस्तान्तरण गरेको इलाका प्रहरी कार्यालय बुडरका इन्चार्ज नायब प्रहरी निरीक्षक ललित चन्दले जानकारी दिए ।

घटना सम्बन्धमा कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ ।