
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मिसाइल परीक्षणले दिएको चुनौतीको सामना गर्नेलगायतका विषयमा छलफल गर्न सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गरेका हुन् । उनले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय नियम पालना गर्न आग्रहसमेत गरेका छन् ।
बैठकअघि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियामाथि अब गम्भीर कारबाही गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले उत्तर कोरियाली कदमलाई ‘अति’को संज्ञा दिइन् ।
उत्तर कोरियाले मंगलबार जापानको होकाइदो द्वीपमाथिबाट क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले गरेको नयाँ मिसाइल परीक्षणले उसको छिमेकी जापान र संयुक्त राष्ट्रसंघको अपमान गरेको आरोप लगाएका छन् । उनले उत्तर कोरियाविरुद्ध प्रयोग गर्न सकिने सबै विकल्पका बारेमा विचार गरिरहेको जानकारी दिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्