२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


चितवनमा प्रहरी जवानमाथि खुकुरी प्रहार, एक जना पक्राउ


0
Shares

नारायणगढको पोखरा बसपार्कस्थित क्षेत्रपुर तर्फ जाने बाटोमा डिउटीमा खटिएका प्रहरी जवान तारा पोखरेलमाथि खुकुरी प्रहार भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

उनले प्रहरीमाथि दिउँसो २ बजेर ४० मिनेटमा खुकुरी प्रहार भएको बताए । घाईते प्रहरी जवानको टाउकोमा चोट लागेको र अहिले खतरामुक्त रहेको प्रहरी जनाएको छ ।

उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । उनले खुकुरी प्रहार गर्ने क्षेत्रपुर बस्ने वर्ष ३० का दिलिप सुनारलाई पक्राउ समेत गरिएको जानकारी दिए ।