९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


म्यानमारबाट दशौ हजार रोहिंग्या मुसलमान बंगलादेश पुगे


0
Shares

पछिल्लो एक हप्ता यता मात्र १८ हजारभन्दा बढी रोहिंग्या बंगलादेश पुगेको उनीहरुको सहायताका लागि काम गरिरहेकाहरुले जनाएका छन् ।

उनीहरुले आपतकालीन बासस्थान र खाना दिएको बताउंदै केहीलाई गोली समेत लागेको उल्लेख गरेका छन् ।

अझै दशौं हजार बंगलादेशको सीमामा कुरिरहेको बताइन्छ । गत शुक्रवार रोहिंग्या विद्रोहीले ३० वटा प्रहरी चौकीमा आक्रमण गरेपछि त्यस क्षेत्रमा फेरि हिंसा भड्किएको हो ।

पछिल्लो हिंसामा कम्तिमा सय जना मारिएका छन् । घटनापछि सेना परिचालन गरिएको छ ।

गत अक्टोबर यता १ लाखभन्दा बढी रोहिंग्या शरणार्थी बंगलादेश पुगेको तथ्यांक छ । (एजेन्सी)