
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह आयोगका अध्यक्ष कमल नारायण दासले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझएका हुन् ।
प्रतिवेदन अनुसार प्रतिनिधि सभाका लागि यसअघि कायम रहेका २ सय ४० वटा निर्वाचन क्षेत्रलाई १६५ मा झारिएको छ ।
जनसंख्याको आधारमा ९० प्रतिशत र भूगोलको आधारमा १० प्रतिशत क्षेत्र निर्धारण गरिएको दाबी गरिएको छ ।
प्रतिवेदन अनुसार प्रदेश नं. १ मा २८, २ मा ३२, ३ मा ३३, ४ मा १८, ५ मा २६, ६ मा १२ र ७ नम्बर प्रदेशमा १६ वटा निर्वाचन क्षेत्र रहने छन् ।
जिल्लागत हिसाबमा काठमाडौंमा सवैभन्दा बढी १० वटा क्षेत्र रहने छन् । क्षेत्र निर्धारणको सवैभन्दा ठूलो मार पहाडी जिल्लाहरुलाई परेको छ ।
यसअघि दुई वटा क्षेत्र रहेका पहाडी जिल्लाहरु एउटा निर्वाचन क्षेत्रमा खुम्चिएका छन् ।
प्रतिनिधि सभाको क्षेत्रको दोब्बर संख्या रहने गरी प्रदेश सभाका लागि निर्वाचन क्षेत्र कायम गरिएको छ ।
अब प्रतिनिधि सभा र प्रदेश सभामा गरी प्रत्यक्ष निर्वाचित सांसदहरुको संख्या मात्रै ४ सय ९५ हुने छ ।
समानुपातिक तर्फका सांसदहरु समेत थपिंदा यो संख्या झनै ठूलो हुने छ ।
प्रतिक्रिया दिनुहोस्