३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


मेरो विवाह चाँडै हुन्छ र जुम्ल्याहा बच्चा जन्मिन्छ: राजेश पायल (भिडियो अन्तरवार्ता)


0
Shares

त्यतिमात्र होइन उनले जापानको एक कार्यक्रममा केही महिना अघि एकैरातमा ६० वटा भन्दा बढी गीत गाएर नयाँ रेकर्ड राखिसकेका छन् ।

अविवाहित राजेशसँग इमेज एफएमका नरेश भट्टराईले अडियो र भिडियो अन्तरबार्ता लिएका छन् । अन्तरवार्ताको केही अंश:

गीत गाएर हिंडेको २५ बर्ष विताइसक्नु भयो, थकान लागेको छैन् ?

जीवनमा थकान जब लाग्न थाल्छ त्यसपछि मान्छेको सिर्जना मर्न थाल्छ । त्यसैले थकान महशुस गर्नुहुँदैन । यो सिर्जना हो, यात्रा हो यसलाई निरन्तरता दिनुपर्छ । स्वरले साथ दिएसम्म काम गर्नुपर्छ । गायन क्षेत्र अभियनमा जस्तो हुँदैन । उमेर ढल्केपछि बाबुको भूमिका निभाउनुपर्छ । त्यसैले मैले थकान महसुश गरेको छैन ।

दैनिकी कसरी वितिरहेको छ ?

संगीतमै वितिरहेको छ । व्यस्त नै छु ।

तपाईको जिन्दगीमा गर्न छुटेको केही छ, विवाह बाहेक ?

म त्यस्तो परआत्मा, महात्मा त केही होइन । म साधारण मान्छे हुँ । साधारण गाउँमा जन्मिएर काठमाडौंमा संघर्ष गरेको मान्छे हुँ । संघर्ष गर्दागर्दै आममानिसको माया र सदभाव पाएर सफलता पाएको मान्छे हुँ र अहिलेसम्म टिकीरहेको छु ।

तपाईले गीत गाएर कमाएको पैसा जम्मा गरेको भए अहिलेसम्म कति हुन्थ्यो होला ?

निकै नै कमाएँ होला । तर मैले बचत गर्न सकिन । त्यसमा मलाई अहिले आत्मग्लानी छैन् ।

तपाईले अहिलेसम्म मदिरा कति पिउनुभयो ?

एक-दुई ट्याक्कर होइन सानोतिनो खोलाको पानी जति नै पिइयो होला ।

अनि विवाह चाहिं कहिले गर्नुहुन्छ ?

खै, राजेश हमालसँग कुरा गर्दा त विवाह गर्दा र नगर्दा त्यस्तो भिन्नता पाएको छैन् । फेरि विवाह मैले चाहेर पनि नहुने रहेछ । यो भगवानले नै जुराउनु पर्ने रहेछ । मेरो विवाह हुन्छ तर समयको टुंगो छैन् ।

अँ साँची, तपाई मेडिकली ठिक त हुनुहुन्छ, लिङ्ग परिवर्तन गर्ने सोच त छैन नी ?

यो प्रश्न सोध्न पाइन्छ । जिज्ञासा राख्न पाइन्छ । यति कुरा हो मेरो विवाह हुन्छ र मेरो टयूइन्स(जुल्याहा) बच्चा जन्मिन्छ । परिवारबाट पनि दबाब छ विवाहको । यद्यपी, म भर्जिन छु ।

तपाईले गीत चाहीं कहिलेदेखि गाउन थाल्नुभएको हो ?

मैले १३ बर्षको उमेरदेखि गीत गाउन थालेको हुँ । खोटाङको चम्पादी सेकेन्डरी स्कुल पढ्दा गीत गाएको थिए । सन् १९९७ तिर पहिलो विदेश भ्रमण हङकङमा गरेको थिए ।

विश्वका प्राय सबै देशमा गएर गीत गाउनुभयो, अब कहाँ गएर गाउने इच्छा छ ?

चन्द्रमामा पुगेर ‘दर्शन नमस्ते’ गीत गाउने सपना छ ।