२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


सहपाठीबाट खुकुरी प्रहार


0
Shares

नीलकन्ठ बहुमुखी क्याम्पसमा कक्षा–१२ मा अध्ययनरत् सुमन तामाङलाई उनकै सहपाठी स्यान्जेन तामाङले टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित झार्लाङ घर भएका सुमन र नीलकन्ठ नगरपालिकाको धुवाँकोट घर भएका सञ्जय दुबै धादिङबेसीमा बसेर पढ्दै आएका छन् । उनीहरु यसअघि पनि पटक–पटक झगडा गर्ने गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट सुमनको टाउमा गहिरो चोट लागेको छ । घाइते सुमनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

खुकुरी प्रहार गर्ने स्यान्जेन फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । खुकरी प्रहार गर्नुको कारण भने खुल्न सकेको छैन ।