
अदालतले पाकिस्तानका मुशर्रफलाई मुद्दाको सुनुवाइको बेला अदालतमा उपस्थित नभएको भन्दै फरार अभियुक्त घोषणा गरेको हो ।
बेनजीर भुट्टोको हत्याका सम्बन्धमा अभियोग लगाइएको मुशर्रफ गत वर्षदेखि नै स्वनिर्वासनमा रहंदै आएका छन् ।
त्यस्तै, भुट्टोको हत्याको षडयन्त्र गरेको अभियोगमा मुद्दा चलाइएका अन्य पाँचजना अभियुक्तलाई निर्दोष ठहर गरेको छ ।
सन् २००७ मा एउटा राजनीतिक समारोहमा रहेका बेला गोली तथा आत्मघाती बम प्रहार गरी भूतपूर्व प्रधानमन्त्री भुट्टोको हत्याको षडयन्त्रमा संलग्न भएको आरोप लागेपनि आवश्यक प्रमाण जुटाउन नसक्दा पाँचैजना अभियुक्तलाई निर्दोष ठहर गरेको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।
तर, भुट्टोको हत्यालाई रोक्न हेलचेक्र्याईँ गरेको अभियोगमा दुईजना प्रहरी अधिकारीहरुलाई भने दोषी ठहयाइएको छ ।
अदालतले ती प्रहरी अधिकारीहरुलाई १७ वर्षको जेल सजाय सुनाएको छ ।
प्रतिक्रिया दिनुहोस्