२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


श्रीमतीद्वारा आत्महत्या, श्रीमान्ले पनि गरे आत्महत्याको प्रयास


0
Shares

बुधबार मध्यराति रक्सी खान बसेका दम्पतीबीच घरायसी विवादले उग्ररुप लिँदा दीपक केसीकी २९ वर्षीया पत्नी सलिनाले आत्महत्या गरेकी थिइन् ।

विवादपछि राति १ बजे सलिना घरबाट निस्किएपछि उनलाई मृतावस्थामा फेला पारेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका दीपकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका काभ्रेका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।

आफन्त र छिमेकीले दीपकलाई उपराचार्थ तत्काल धुलिखेल अस्पताल लगेका थिए । केसी दम्पतीकी एक छोरी छिन् । रासस