Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


इलाममा खुल्यो फास्ट ट्रयाक, तराई पुग्ने दुरी आधा घट्यो


0
Shares

इलाम, माघ ४ । इलामदेखि तराई जोड्ने फास्ट ट्रयाक खुलेको छ ।

नयाँ ट्रयाक खुलेसँगै तराई पुग्ने दुरी आधा छोटो भएको छ ।  सदरमुकामदेखि मेची राजमार्ग हुँदै झापाको विर्तामोड पुग्न ८३ किलोमिटर दुरी पार गर्नुपर्नेमा नयाँ सडक खुलेपछि ३७ किलोमिटर दुरी छोट्टिएको छ । इलाम नगरपालिका–९ को भञ्ज्याङ्ग भाङ्गटार, राकसे हँुदै बेलासे पुग्ने दश किलोमिटर नयाँ ट्रयाक खुलेपछि इलामबासीलाई झापा पुग्न सहज भएको छ ।