
रुसको अनुचित कारवाहीको जवाफस्वरुप भन्दै अमेरिकी सरकारले शनिबारसम्ममा न्यूयोर्क र वासिंटनमा रहेका वाणिज्य दूतावास र संलग्न कार्यालयहरु बन्द गर्न भनेको हो ।
गत महिना रुसले उसको देशमा रहेका अमेरिकी कूटनीतिज्ञको संख्या घटाएको थियो, जसको जवाफमा यो कदम लिइएको जनाइएको छ ।
यसअघि क्रिमियामा रुसी कब्जा र अमेरिकाको राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको विरोधमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसमाथि प्रतिबन्ध लगाउँदै ३५ रुसी कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश दिएका थिए । सोही बेला ओबामाले मेरील्याण्ड र न्यूयोर्कमा रहेको रुसका दुई कूटनीतिक कार्यालय बन्द गराइदिएका थिए ।
रुसले भने गत जुलाईमा ७५५ अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको थियो । उनीहरुलाई १ सेप्टेम्बरभित्र रुस छाड्न भनिएको छ ।
अमेरिकाको यो कदमसँगै अब दुबै देशमा तीन÷तीन दूतावास बाँकी रहने जनाइएको छ । रुसले भने अमेरिकाको यस निर्णय हेरेर आफूले उचित कदम चाल्ने जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्