Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सिन्धुली जिल्लाको फिक्कलमा पर्यटन प्रवर्द्धन गर्न महोत्सव


0
Shares

सिन्धुली, माघ ४ । सिन्धुली जिल्लाको फिक्कलमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय महोत्सवको आयोजना गरिएको छ ।

फिक्कल गाउँपालिकाको आयोजनामा संचालित महोत्सव माघ ८ गतेसम्म चल्ने छ । महोत्सवमा फिक्कल क्षेत्रका सुनुवार, मगर जातीको मौलिक कला संस्कृति प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको प्रदर्शनी तथा बजारिकण भइरहेको छ ।

महोत्सवमा पर्यटकको आकर्षणका लागि महाभारत डाँडाबाट प्याराग्लाइडिङ, सुनकोशी नदीमा ¥याफ्टिङ पनि संचालन गरिएको छ ।

महोत्सवमा राडीपाखीको बिक्री भइरहेको जनाइएको छ । महोत्सवमा करिव ८० लाख रुपैंया बराबरको कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।