Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


उम्मेदवार टुंगो नलाग्दै कार्यकर्ताहरु होमिए चुनाव प्रचारमा


0
Shares

रौतहटको राजमार्गभन्दा बाहेकका ग्रामीण बस्तीका घरहरुमा पार्टीका झण्डा फहराउन थालिएको छ । राजपा नेपालले चुनावमा भाग लिएसँगै रौतहटमा तेस्रो तहको निर्वाचनका लागि चुनावी माहौल बनेको हो ।

दैनिकजसो ग्रामीण बस्ती र राजमार्गमा चुनावी प्रचारका क्रममा दलहरुले सवारी साधनको ¥याली निकाल्ने गरेका छन् । यद्यपि, आकांक्षी धेरै भएकाले पार्टीलाई उम्मेदवार छनौटमा सकस भएको छ ।

निर्वाचन कार्यालयले निर्वाचन हुने रौतहटको १८ वटै स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम गरिरहेको छ । असोज २ गते हुने चुनावमा रौतहटमा २ सय ७७ मतदान स्थल तोकिएको छ भने ४ सय ३४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

तीन लाख २१ हजार १८ जना मतदाता रहेको रौतहटको १८ स्थानीय तहमा मेयर, उपमेयर सहित जम्मा ८ सय २१ पदाधिकारी निर्वाचित हुनेछन् ।