
‘युएन आसिस्टन्स मिसन इन अफगानिस्तान’ (युएनएमए) ले शुक्रबार जारी विज्ञप्तिमार्फत हवाई कारबाहीमा परी २८ जना अफगान सर्वसाधारणको मृत्यु भएका जानकारी दिएको हो ।
सो अवधिमा हेरात र लोगार प्रान्त यसैहप्ता भएको हवाई कारबाहीमा कम्तीमा २८ जना सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका थिए । उक्त कारबाहीमा मारिएका र घाइते सवै महिला र बालबालिका रहेका पनि ‘युएनएमए’ जानकारी दिएको छ ।
पूर्वी अफगानिस्तानमा गत अगस्त ३० मा भएको अमेरिकी सेनाको हवाई कारबाहीमा एकै परिवारका १३ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका अफगान अधिकारीले बिहीबार जानकारी दिएका थिए ।
यद्यपी एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको यस हवाई कारबाहीमा एकदर्जन भन्दा बढी आतंककारी मारिएका जानकारी दिएका थिए ।
त्यसैगरी, गत अगस्त २८ छुट्टाछुट्टै इलाकामा भएको हवाई कारबाहीमा १५ सर्वसाधारणको मृत्यु भएको थियो ।
अफगानिस्तानमा जारी द्वन्द्वसँग सम्बन्धित हिंसामा यस वर्षको सुरुदेखि हालसम्म १ हजार ६६२ सर्वसाधारणको मृत्यु भएको छ भने ३ हजार ५०० घाइते भएका छन् ।
युएनएमएले गतमहिना प्रकाशित एक प्रतिवेदनमा सो जानकारी दिइएको छ । यो संख्या गतबर्षको तुलानामा २० प्रतिशतले बृद्धि भएको पनि सो मिसनले बताएको छ । रासस /एएफपी
प्रतिक्रिया दिनुहोस्