Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


विश्वकप छनोटमा जर्मनीको शानदार प्रदर्शन, लगातार सातौं जित


0
Shares

शुक्रबार राति भएको खेलमा जर्मनीले चेक गणतन्त्रलाई २–१ ले पराजित गर्दै आफ्नो विजययात्रा जारी राखेको हो । समूह ‘सी’ मा रहेको जर्मनीले सात खेलबाट २१ अंक बटुल्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ ।

जर्मनीको जितमा टिनो वर्नर र म्याट्स हमल्सले १÷१ गोल गरेका थिए । चेक गणतन्त्रका लागि भने भ्लादिमिर डारिडाले एक गोल गरे ।

खेलको चौथो मिनेटमै वर्नरको गोलबाट अग्रता लिएको जर्मनीले दोस्रो गोल भने ८८ औं मिनेटमा गरेको हो ।