सेरेनाका प्रशिक्षक पेट्रिक मोउरटुग्लुले ट्वीट गर्दै सेरेना आमा बनेको जानकारी दिएका हुन् ।
अमेरिकी अखबार वासिंटन पोस्टका अनुसार सेरेनाको छोरीको जन्म सिजेरियन अप्रेशनका माध्यमबाट भएको हो । शिशुको वजन ६ पाउन्ड १३ औंस बताइएको छ । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रेमी एलेक्सिस ओहानियन र सेरेनाको पहिलो बच्चा जन्मिएको खबरसँगै शुभकामनाको ओइरो लागेको छ ।
विश्व नम्बर एक टेनिस खेलाडी राफेल नाडालले सेरेनालाई बधाइ दिदैं भनेका छन्, ‘सेरेना, तिमीलाई धेरै धेरै बधाइ, धेरै खुशी रहनु ।’
गायिका बियोन्सेले पनि सेरेनालाई बधाइ दिएकी छन् ।





प्रतिक्रिया दिनुहोस्