
उनले अमेरिकी कदमको विश्लेषण सकिएपछि चाँडोभन्दा चाँडो जवाफ दिइने जानकारी दिए ।
विदेशमन्त्री ल्याभरोभले गत डिसेम्बरमा ओबामा प्रशासनले चालेको कदमबाट कूटनीतिक सम्बन्धमा दारार सुरु भएको आरोप लगाए । रुसले युक्रेनको स्वायत्त क्षेत्र क्रिमिया आफूमा विलय गराएपछि तात्कालीन राष्ट्रपति ओबामाले ३५ जना रुसी कुटनीतिज्ञलाई निश्कासन गरेका थिए ।
अमेरिकाले सान फ्रान्सिस्कोस्थित रुसी कन्सुलेट तत्काल बन्द गरेर न्यूयोर्क र वासिंगटनमा गाँभ्नुपर्ने बताएपछि रुसको पछिल्लो भनाई आएको बीबीसीले उल्लेख गरेको छ ।
रुसले बराबरी कुटनीतिक सम्बन्ध स्थापित गर्ने बताउँदै गत जुलाईमा मस्कोमा रहेको अमेरिकी कूटनीतिज्ञको संख्या घटाउन लगाइएको थियो । अमेरिकी चुनावमा रुसी प्रभावका विषयले पछिल्ला दिनमा दुई मुलुकबीच कुटनीतिक सम्बन्ध चिसिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्