२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


बीएन्डसी अस्पतालले विपन्न नागरिकलाई औषधि उपचारमा १ लाख छुट दिने


0
Shares

अस्पतालले पत्रकार सम्मेलनमार्फत सवारी दुर्घटनामा मेरुदण्ड तथा टाउकोमा चोट लागेर घाइते भएका विपन्न नागरिकलाई एकलाख रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क उपलब्ध गराउने बताएको होे ।

भदौ २ को सचिवस्तरीय बैठकले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका बमोजिम बीएण्डसी अस्पताललाई सो सेवा सन्चालनका लागि सुचीकृत गरेको थियो । बैठकले सुचीकृत गरेपछि अस्पतालले औषधि उपचार निःशुल्क उपलब्ध गराउन सुरु गरिएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयसँग भएको सम्झौतापछि बीएण्डसी शिक्षण अस्पतालले समुदायका विपन्न नागरिकको उपचारमा एकलाख रुपैयाँ सम्मको छुट दिने भएको उल्लेख गरेको छ । अब दुर्घटनामा परेका विपन्न नागरिकले उपचारमा एकलाख रुपैयाँसम्म सहुलियत पाउने र यो सेवा आजैबाट सुरु गरेको अस्पतालले जनाएको छ ।