Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


पुनःनिर्माण प्राधिकरणको आगामी दुई वर्षका लक्ष्य र कार्ययोजना पारित


0
Shares

काठमाडौं, माघ ३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले पुनःनिर्माण तथा पुनःस्थापनाका आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ ।

प्रधानमन्त्री एवं पुनःनिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको निर्देशक समितिको बैठकले पुनःनिर्माण र पुनःस्थापनाका बाँकी कार्यहरु दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी आगामी लक्ष्य र कार्ययोजना पारित गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पेस गरेको आगामी लक्ष्य र कार्ययोजनाअनुसार आर्थिक वर्ष २०७४/७५ भित्र प्रथम किस्ता लिएका सम्पूर्ण लाभग्राहीको निजी आवास पुनःनिर्माण आर्थिक वर्ष ०७५/७६ भित्र सम्पन्न गरिनेछ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प गएलगत्तै पुनःनिर्माण भएका घरहरुलाई एकमुस्ट तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउनका लागि प्रक्रिया सहज बनाएर अघि बढने निर्णय भएको जानकारी दिए ।