Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


होटल संघद्वारा नवनिर्मित कलात्मक चौतारीसहितको बगैंचा हस्तान्तरण


0
Shares

काठमाडौं, माघ ३ । होटल संघ नेपालले बुटिक एअरपोर्टकोे अभियानलाई निजी क्षेत्रको तर्फबाट सघाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारको दुवैतर्फ नेपाली मौलिकता झल्कने कलात्मक चौतारीसहितको बगैंचा निर्माण गरेको छ ।

संघका अध्यक्ष अमरमान शाक्यले विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई उक्त बगैंचा तथा चौतारी हस्तान्तरण गरेका हुन् ।

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने कार्यलाई थप ऊर्जा तथा प्रोत्साह गर्ने अभिप्रायले बगैंचा निर्माणमा सहयोग गरेको संघले जनाएको छ ।