
उत्तर कोरियाली सञ्चारमाध्यमहरुले देशका नेता किम जोङ उनले त्यस्तो हतियारको निरीक्षणसमेत गरेको तस्बिर सार्वजनिक गरेका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।
उत्तर कोरियाले अत्याधुनिक हतियार बनाइरहेको भए पनि मिसाइलमा लोड गर्न सक्ने परमाणु हतियारको विकास गरेकोमा विज्ञहरुले आशंका व्यक्त गरेका छन् ।
तर प्योङयाङले भने संयुक्त राष्ट्र संघको नाकाबन्दी र अन्तर्राष्ट्रिय दबाबका बाबजुद परमाणु हतियार विकास गरेको र यो अमेरिकासम्म मार हान्न सक्ने क्षमताको रहेको दाबी गरेको छ ।
अघिल्लो हप्ता उत्तर कोरियाले एउटा मध्यम दुरीको क्षेप्यास्त्र उत्तरी जापानमाथिबाट प्रशान्त महासागरमा प्रहार गरेपछि क्षेत्रीय तनाव झनै उत्कर्षमा पुगेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्