Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


सुर्यकुमार क्षेत्री मिडियाकप फुटसल प्रतियोगिता सुरु


0
Shares

ललितपुरको भैसेपाटीमा रहेको गोलपोष्ट फुटसलमा सुरु भएको प्रतियोगिताको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र रिर्पोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले गरेका छन् ।

दोस्रो पटक हुन लागेको प्रतियोगितामा विभिन्न दश ओटा संचार माध्यमहरुले भाग लिएको महासंघका उपाध्यक्ष दिलिप थापाले जानकारी दिए ।

पहिलो पटक गत बर्ष आयोजना गरिएको प्रतियोगिताबाट उठेको रकम पत्रकार क्षत्रीको छोराको अध्ययनका लागि सहयोग गरिएको र अहिले उठ्ने रकम अर्का पत्रकार संजयसन्तोषी राईको उपचारका लागि सहयोग गरिने उनले बताए ।

धनकुटाका अग्रज पत्रकार राईको मुटुको शल्यक्रिया आजै काठमाडौँको शिक्षण अस्पतालमा हुदैछ ।
प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार र द्धतिय हुनेलाई २५ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । यसअघि गत बर्ष भएको पहिलो प्रतियोगितामा इमेज च्यानल पहिलो र नेपाल टेलिभिजन दोस्रो भएका थिए ।
झण्डै डेढ दशक पत्रकारिता गरेका युवा पत्रकार क्षेत्रीको ब्रेन ट्युमरका कारण गत बर्ष बैशाखमा निधन भएको थियो । २०७१ मंसिरमा ब्रेन ट्युमर देखिएपछि क्षेत्रीको नेपाल र भारतमा उपचार भरिएपनि सफल हुन सकेको थिएन ।
स्याङजामा जन्मीएर पाल्पा, बुटवल हुदै काठमाडौलाई पत्रकारिताको कर्मथलो बनाएका क्षेत्री प्रेस युनियनका सचिव समेत थिए ।

उनका श्रीमती र छोरा काठमाडौमै बस्दै आएका छन् भने परिवारका अन्य सदस्य गृहजिल्ला स्याङजामै बस्दै आएका छन् । क्षेत्री नेपाली सांगीतिक क्षेत्रमा स्थापित सर्जक पनि थिए । उनका धोका दिनेलाई के भनौ र खै‘.., धानको सिरौँला, औठी चिनो छ‘,लगाएतका गीतहरु अहिले पनि चर्चित छन् ।