
फाउन्डेसनले आइतबार (आज) तिलगंगा आँखा अस्पतालमा कार्यक्रम गरी आफ्नो २५ औं वार्षिकोत्सव मनाएको हो ।
विगत २५ वर्षदेखि तिलगंगा आँखा अस्पताल र ‘फ्रेड होल्स् फाउन्डेसन’को सहकार्यमा अस्ट्रेलियाबाट ल्याइने कच्चापदार्थ प्रयोग गरेर तिलगंगा आँखा अस्पतालमा आँखामा प्रयोग हुने लेन्स नेपालमा नै उत्पादन गर्दै आएको छ ।
नेपाल मै आँखाको विश्वस्तरीय लेन्स उत्पादन हुनथालेपछि करिव दुई लाख मानिसलाई आँखामा लाग्ने रोग निवारण गर्न सहयोग पुग्दै आएको छ । साथै, नेपालमा उत्पादन भएको लेन्स गुणस्तरीय भएकोले विश्वभर लेन्सका माग बढेको फाउन्डेसनले उल्लेख गरेको छ ।
कार्यक्रममा नेपालमा उत्पादित लेन्स १७ ओटा देशमा निर्यात हुँदै आएको जानकारी दिइएको थियो ।
कार्यक्रममा तिलगंगा आँखा अस्पतालकी कार्यकारी निर्देशक डा.रिता गुरुङले ०.४ प्रतिशत मानिसमा अन्धोपनको समस्या देखिएको भन्दै पछिल्लो समय अन्धोपनको समस्या दर घटेको जानकारी दिएकी छन् ।
डा.गुरुङले नेपालमा आँखामा लाग्ने रोगको सबै उपचार सम्भव भएको बताइन् । कार्यक्रममा आँखारोग विशेषज्ञ डा.आनन्द शर्माले आँखारोग उपचारको विकासमा नेपाल दक्षिण एसियामै उत्कृष्ट भएको दाबी गरे । नेपालमा आँखा परिक्षण गराउन अन्य मुलुकबाट समेत बिरामी आउने गरेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्