केही राजनीतिक दलले उम्मेदवारी टुंगो लगाए पनि कतिपयले अझै उम्मेदवार छान्न सकेका छैनन् । तर पनि सम्भावित उम्मेदवारहरु मतदाताको घरमा पुगेर मत माग्न थालिसकेका छन् ।
मतदातामा पनि विभिन्न दलका सम्भावित उम्मेदवारको विषयलाई लिएर चर्चा परिचर्चा शुरु भइसकेको छ ।
यसअघि ६ वटा प्रदेशमा भएको स्थानीय तहको चुनाव बहिस्कार गरेर बसेको राष्ट्रिय जनता पार्टी नेपाल पनि प्रदेश नम्बर २ को चुनावमा सहभागी हुने भएपछि मतदाता पनि उत्साहित देखिएका छन् । संविधान संशोधन प्रस्ताव सदनबाट पारित नभए पनि राजपा चुनावमा सहभागी हुने भएपछि स्थानीय उत्साहित भएका छन् ।
संशोधन प्रस्ताव असफल हुनुमा ठूला दलको रवैया प्रमुख कारण रहेको भन्दै राजपाले त्यसैलाई चुनावी मुद्दा बनाएको छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्




प्रतिक्रिया दिनुहोस्