१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


भारतीय प्रधानमन्त्री मोदीद्वारा मन्त्रीमन्डल बिस्तार


0
Shares

मन्त्रीमण्डलमा स्वागत गर्दै उनले नयाँ सदस्यको अनुभव तथा ज्ञानले आफ्नो सरकारमा ठूलो महत्व राख्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्धी मोदीले भने, ‘मैले आज सपथ लिने सबैजनालाई बधाई दिन चाहन्छु । तपाईहरूको ज्ञान र अनुभवले मन्त्रीमण्डलमा ठूलो महत्व राख्ने छ ।’

पुर्नगठित नौ मन्त्रीहरूमध्ये चार जनालाई ‘क्याविनेट’ मन्त्रीका रूपमा ल्याइएको छ । सबै जना मन्त्रीले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । यो प्रधानमन्त्री मोदीले मन्त्रीमण्डलमा गरेको तेस्रो विस्तार हो ।
विस्तारसँगै मुख्तर अव्वास नाग्भी, धर्मेन्द्र प्रधान, पियुष गोयल र निर्मला सितारमणलाई मन्त्रीपरिषद्मा पदोन्नती गरिएको छ भने नौ जनालाई राज्य मन्त्रीमा नियुक्त गरिएको छ । यससँगै भारतीय मन्त्रीपरिषद्मा २७ क्याविनेट मन्त्रीसहित ७६ सदस्य पुगेको छ ।

प्रधानन्त्री नरेन्द्र मोदीद्वारा आज गरेको मन्त्रीमण्डल विस्तारपछि निर्मला सीतारमणलाई रक्षा एवम् पीयूष गोयललाई रेल मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, उमा भारतीलाई जल संशाधन, नदी विकास एवम् गङगा संरक्षण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

धर्मेन्द्र प्रधानलाई पेट्रोलियम मन्त्रालय तथा कौशल विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । सुरेश प्रभुले रेल मन्त्रालयबाट उद्योग तथा वाणिज्य मन्त्री बनाइएको छ । रासस/ पीटीआई/सिन्ह्वा