१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


वार्षिक १२ अर्ब अमेरिकी डलर आम्दानी गर्दै साउदी अरब (फोटोफिचर)


0
Shares

यतिबेला विश्वभरका मुस्लिम समुदाय बकर ईद पर्व बनाउँदै छन् । उनीहरु अहिले हजका लागि साउदी अरबमा जम्मा भएका छन् । जसमार्फत उसले झन्डै बार्षिक १२ अर्ब अमेरिकी डलर आम्दानी गर्ने गर्दछ ।

इस्लामका पाँच आधार स्तम्भमध्ये हजलाई मुख्य मानिन्छ । बकर इदलाई मुस्लिम समुदायको हज तीर्थाटन र बलिदानको रुपमा मनाउँछन् ।

यतिबेला विश्वभरका मुसलमानहरु सकेसम्म साउदी अरबको मक्का र मदिना जाने गर्छन् । हजको समयमा साउदी अरबमा आर्थिक कारोबार पनि धेरै हुन्छ । पछिल्लो दशकदेखि नै हरेक बर्ष औसत २५ लाख मुसलमानले साउदीमा हज गरेका छन् ।

साउदी अरबले हजमा आउने मानिसहरुलाई नियन्त्रण गर्न हरेक देशको छुट्टै कोटा तयार गर्छ । मुसलमानहरु वर्षैभर उमरा जाने गर्छन् । गत बर्ष ६० लाख भन्दा धेरै मुसलमान उमरा गएका थिए । साउदी अरब जाने ८० प्रतिशत मुसलमान उमरा गएकै हुन्छन् ।

हजबाट मात्र गत बर्ष साउदी अरबमा १२ अर्ब अमेरिकी डलरको आम्दानी भएको थियो, जुन नेपाली रुपैयाँमा हिसाब गर्दा लगभग १२ खर्ब हुन जान्छ ।

यसले साउदी अरबको अर्थ व्यवस्थामा केही राहत त पुर्‍याएको छ । तर यसले त्यहाँको पुरै अर्थव्यवस्था धानेको छ भन्नु गलत हुन्छ ।

बाहिरी व्यक्तिहरुलाई साउदीमा हज गर्नका लागि ४,६०० डलर (करिब ४ लाख नेपाली रुपैंया) लाग्ने मक्का चेम्बर अफ कमर्सको अनुमान छ । भिन्नाभिन्नै देशका लागि यो खर्च पनि भिन्नाभिन्नै हुन्छ ।

इरानबाट आउने यात्रुको हकमा प्रत्येक व्यक्तिले तीन हजार डलर खर्च गर्नुपर्ने हुन्छ । साथै यही खर्चमा नै तीर्थालुको खाने र बस्ने खर्च पनि जोडिएको हुन्छ ।

इन्डोनेशियाको कोटा सबैभन्दा धेरै रहेको छ । यहाँबाट हरेक बर्ष दुई लाख २० हजार मुसलमानहरु हजका लागि साउदी अरब जाने गर्छन् । हजको कोटाको यो १४ प्रतिशत हिस्सा पनि हो ।

त्यसपछि भारत र पाकिस्तान ११ प्रतिशत, र बंगलादेश ८ प्रतिशतमा परेका छन् । साथै यो लिस्टमा नाइजेरिया, इरान, तुर्की, मिस्रजस्ता देशहरु पनि सामेल गरिएका छन् ।


काँचो तेलको बिक्रीबाट हुने आम्दानीलाई हेर्ने हो भने त साउदी अरबले हजबाट धेरै आम्दानी लिने गरेको छ । तर पनि साउदी अरबले तेलको आम्दानी बढाउने कोशिस भने गरिरहेकै छ ।

तेल उत्पादक देशहरुको संगठन ‘ओपेक’ले गरेको फैसालका कारण साउदी अरबको आर्थिक विकास यो वर्ष शून्य भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ ।

साउदी अरबको सरकार यो घाटाको भरपाई अन्य स्रोतबाट गर्न चाहिरहेको छ । यसमा धार्मिक पर्यटन आम्दानीको प्रमुख स्रोत हो । (एजेन्सी)