Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


सारपोभा युएस ओपन टेनिसको चौथो चरणबाटै बाहिरिन्


0
Shares

डोपिङ कसुरमा तोकिएको प्रतिबन्ध सकाएर १९ महिनापछि टेनिस कोर्टमा फर्किएकी सारापोभाको पुनरागमन सुखद हुन भने सकेन ।

चौथो चरणको खेलमा सारपोभालाई लात्भियाकी अनास्तासिया सेभास्तोभाले ५/७, ६/४ र ६/२ ले हराएकी हुन् ।

यता अमेरिकी खेलाडी भेनस विलियम्स भने क्वाटरफाइनलमा पुगेकी छन् ।

चौथो चरणको खेलमा स्पेनिक कार्ला सुवारेज नाभारोलाई ६/३, ३/६ र ६/१ ले हराउँदै भेनस अन्तिम आठमा पुगेकी हुन् ।

यता पुरुष एकलतर्फ ईटालीका लोरेन्जीलाई ६/४, ६/३, ६/७ र ६/४ ले हराउँदै दक्षिण अफ्रिकाका केभिन एण्डर्सन क्वाटरफाइनलमा पुगेका छन् ।

यसैगरी कठिन खेलमा क्यानाडाका डेनिस सापोभालोभलाई ७/६, ७/६ र ७/६ ले हराउँदै स्पेनका कारेनो बुष्टा पनि क्वाटरफाइनलमा पुगेका छन् ।