२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


कपडामा लुकाएर ल्याएको १ सय ३४ वटा मोबाइल बरामद


0
Shares

अपराध अनुसन्धान महाशाखाले पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यकामा भारतबाट भन्सार छली अवैध रुपमा लत्ताकपडाको चोरी पैठारी गरेको सुराकीका आधारमा भन्सार छलेर ल्याएको मोबाइल बरामद गरेको जनाएको हो ।

महाशाखाको प्रहरी नायव उपरीक्षक अजय केसीको कमाण्डमा खटिएको टोलीले मोबाइल बरामद गरेको जनाएको छ ।

बसका चालक बलबहादुर दवाडी, जितेन्द्र डंगोल, पासाङ लामालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।