
एक सातादेखि कर्णाली राजमार्गमै अक्सिजनको सिलिण्डर बोकेका गाडी थन्किएकाले प्रतिष्ठानमा यसको अभाव भएको हो ।
अक्सिजन सकिएका कारण हाडजोर्नीका मात्र १५ जना बिरामी अस्पतालमा शल्यक्रिया गर्न पर्खनुपरेको मेडिकल निर्देशक डा.पुजन रोकायाले बताए । कालिकोटको गगने खोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि यो समस्या भएको हो ।
‘मगाइएका सबै सिलिण्डर गगने खोलाभन्दा अघि बढेका छैनन् । यहाँ स्टक भएका अक्सिजनमा मात्र दुई ओटा बाँकी छन् ’– उनले भने । उनका अनुसार दुई÷चार दिनभित्र अक्सिजन नआएमा बिरामी जिल्ला बाहिर पठाउनुपर्ने अवस्था सामना गर्नुपर्ने देखिन्छ ।
६ दिनअघि कर्णाली राजमार्ग दैलेख र कालिकोटको गगने खोलामा ५० मिटर लम्बाइमा पहिरो आएको र सो खुलाउन प्रयास भइरहेको कालिकोटका प्रहरी नायब उपरीक्षक सुवास बोहराले बताए । रासस
प्रतिक्रिया दिनुहोस्