
गर्मीकै कारण सुरु भएको भाइरल ज्वरोबाट बिरामीको चाप बढेपछि दैनिक जनजीवन प्रभावित बनेको हो ।
एकाएक गर्मी बढेपछि जिल्ला अस्पताल तौलिहवामा बिरामीको संख्या निकै बढेको छ । अस्पतालमा भाइरल ज्वरो, झाडापखाला, टाइफाइड, आँखा पाक्ने र जण्डिसका २ सय २५ जनाभन्दा बढी बिरामी दैनिक उपचारका लागि आउने गरेको जिल्ला अस्पताल तौलिहवाले बताएको छ ।
एकाएक बर्षा हुने र चर्को घाम लाग्ने हुँदा सर्वसाधारण विरामी पर्न थालेका हुन् । अस्पतालमा आउनेमा अधिकांश गरीब तथा विपन्न परिवारका महिला बालबालिका तथा बृद्धबृद्धा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्