१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


कांग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो


0
Shares

एक उपमहानगरपालिकासहित १८ ओटा स्थानीय तह रहेको धनुषामा १२ ओटामा टुंगो लगाइसकेको र सोमबार दिउँसोसम्म जिल्लाको सबै स्थानीय तहको टुंगो लागिसक्ने जिल्ला सभापति रामसरोज यादवले जानकारी दिए ।

कांग्रेस धनुषा सभापति यादवकाअनुसार जनकपुर उपमहानगरपालिकाको प्रमुखमा मनोज साह र उपप्रमुखमा निलम कर्ण, क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा योगेन्द्र पजियार (जोगी) र उपप्रमुखमा रचना माथेमा, नगराइन नगरपालिकाको प्रमुखमा प्रमेश्वर यादव र उपप्रमुखमा रञ्जुदेवी साह, विदेह नगरपालिकाको प्रमुखमा प्रेमचन्द्र झा र उपप्रमुखमा हीरादेवी सहनी, धनुषाधाम नगरपालिकाको प्रमुखमा बालेश्वर मण्डल र उपप्रमुखमा विद्यादेवी भुजेल, सबैला नगरपालिकाको प्रमुखमा विजयशंकर साह र उपप्रमुखमा बबितादेवी साह उम्मेदवार चयन भएका छन् ।

त्यस्तै, धनौजी गाउँपालिकाको अध्यक्षमा बद्री सिंह र उपाध्यक्षमा रामवती मण्डल, लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा कुमरकान्त झा र उपाध्यक्षमा रामराजी यादव, बटेश्वर गाउँपालिका अध्यक्षमा रामअशिष महतो र उपाध्यक्षमा अनारशीदेवी यादव, औरही गाउँपालिकाको अध्यक्षमा ब्रह्मदेव यादव र उपाध्यक्षमा शशीकला मण्डललाई उम्मेदवार छन् ।

यस्तै, मुखियापट्टीमुसहरनिया गाउँपालिकाको अध्यक्षमा रामबाबु यादव उम्मेदवार बनेका छन् भने उपाध्यक्षको टुंंगो लगाउन बाँकी छ ।

यता, कांग्रेस र नेकपा माओवादीले तालमेल गर्ने धनुषा जिल्लाको एक स्थानीय तह मिथिला नगरपालिकाको प्रमुखमा राजकुमार महतोलाई कांग्रेसले उम्मेदवार बनाएको छ भने माओवादीबाट उपप्रमुखको उम्मेदवार टुंगो लगाउन बाँकी छ । रासस