२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


सुन तस्करीको शृंखला (भिडियो रिपोर्ट)


0
Shares

प्रहरीले एकैपटक ४३ करोड रुपैयाँभन्दा बढी मूल्यको ८८ किलो सुन बरामद गरेको हो ।

नेपालमा पछिल्ला दिनमा राम्राभन्दा खराब, थितिभन्दा बेथितिकै खबर सुन्नपर्ने बाध्यताबाट घेरिएका छन्, आम जनता । भ्रष्टाचार, दलालीकरण, ठेकेदारको दादागिरी, राजनीतिक दल र सरकारी कर्मचारीको मिलेमतोमा राज्यको ढुकुटीमाथिको ब्रह्मलूट यस्तै–यस्तै खबरले भरिएका हुन्छन्, हिजोआजका सन्चारमाध्यमहरु ।

अन्तर्राष्ट्रिय अपराधसँग जोडिएका विषयमा नेपाल ‘ट्रान्जिट’झैं प्रयोग हुन थालेका खबरले सबै नेपालीको मन ढक्क हुन थालेको छ ।

यही मेसोमा अन्तर्राष्ट्रिय तस्करहरुले नेपाललाई सुन तस्करीको सजिलो मार्गकारुपमा प्रयोग गर्न थालेको देखिँदैछ ।

जसको प्रमाणस्वरुप सोमबार प्रहरीले एकैपटक एकै स्थानबाट ४३ करोड मूल्यभन्दा बढी पर्ने ८८ किलो सुन बरामद गर्‍यो ।

उसोत नेपालमा ठूलो परिणाममा तस्करीको सुन पक्राउ पर्न थालेको यो पहिलोपटक होइन । यसअघि, गएको वर्षमात्र ठूलो परिणामका ३३ र १५ किलो सुन प्रहरीले बरामद गरेको थियो ।

२०७३ साल पुसको पहिलो साता प्रहरीले दुबईबाट ल्याइएको ३३ किलो सुन बरामद गरेको थियो । जुन सुन नेपाल प्रवेश गराउन तस्करहरुले विमानस्थलमा रहेको सुरक्षालगायतका कर्मचारीसमेतको ‘सेटिङ’ मिलाएका थिए ।

सोही कान्डमा नेपाल प्रहरीका एक वरिष्ठ अधिकारी नै प्रयोग भएको पुष्टि भएको थियो । त्यसको साता नपुग्दै प्रहरीले रसुवाको केरुङ नाका हुँदै नेपाल भित्र्याइएको अर्को १५ किलो सुन बरामद गर्‍यो ।

त्यसको सात महिना नपुग्दै फेरि चीनबाटै ल्याइएको अहिलेसम्मकै ठूलो परिणामको अर्थात् ८८ किलो सुन बरामद गरिएको हो । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।