१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


चलचित्र ‘बटरफ्लाई’ पुस २८ बाट हेर्न पाइने


0
Shares

गत फागुनमै गीत सार्वजनिक भैसकेको चलचित्र ‘बटरफ्लाई’ माघेसंक्रान्ति चाडलाई लक्षित गरी आगामी पुस २८ गते सार्वजनिक गर्न लागिएको निर्माण पक्षले जानकारी दिएको छ ।

ओम प्रतिकले निर्देशन गरेको उक्त चलचित्रमा प्रियंका र आर्यनसंगै अर्पण थापालगायतले अभिनय गरेका छन् ।

पुष्पान्जली अधिकारीले निर्माण गरेको चलचित्रलाई अर्जुन जिसी र मन्दील श्रेष्ठले सम्पादन गरेका छन् भने छायाँकनमा सुरेश बज्राचार्य र द्वन्द निर्देशनमा कुमार महर्जन रहेका छन् ।

त्यस्तै, कार्यकारी निर्मातामा रमेश प्रजापति, सह–निर्माता रामशरण राणा , भुपेन्द्र सुवेदी , सरोज शाह र नविन अधिकारी रहेका छन् ।