२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो


0
Shares

अत्यधिक गर्मीका कारण भाइरल ज्वरो, रुघाखोकी तथा टाइफाइडका बिरामी बढेका हुन् । जिल्लाकै ठूलो दमौली अस्पतालमा अहिले बिरामीको चाप बढेपछि बस्ने स्थानकै असुविधा भएको छ ।

सेवाग्राहीहरु अस्पतालको सिंढी र अस्पताल हाताभित्र बस्न र सुत्न बाध्य भएका छन् । चिकित्सकले गर्मी बढेसँगै बिरामी बढ्न थालेपछि सावधानी अपनाउन, उमालेको पानी तथा हरियो सागपात र गेडागुडीको रस खान सल्लाह दिएका छन् ।

चिकित्सकले भाइरलको प्रकोप बढेको र कुनै रोग सरुवा भएकाले सेवाग्राहीलाई मास्क प्रयोग गर्न सुझाव दिएका छन् ।