Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


साबा यु–१६ बास्केटबलः प्रतियोगिताकै अग्ला ६ फिट १० इन्चका सिंहले गरे २६ स्कोर


0
Shares

प्रतियोगिताको औपचारिक उद्घाटनको अघिल्लो दिन मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भारतले माल्दिभ्सलाई १५२–१७ को विशाल अन्तरले पराजित गर्‍यो ।

बलियो मानिएको भारतको जितमा प्रतियोगिताकै अग्ला ६ फिट १० इन्चका खेलाडी प्रिन्सपाल सिंहले २६ स्कोर योगदान गरे ।

त्यसअघि मंगलबारै बंगलादेशले भुटानलाई ११७–४३ को फराकिलो अन्तरले हराएको थियो । बंगलादेशका तुतुलकुमार विश्वासले सर्वाधिक ३१ स्कोर जोडे ।

दक्षिण एसियाली क्षेत्रको यो प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र माल्दिभ्स गरी ५ राष्ट्र सहभागी छन् ।

‘सिंगल राउन्ड रोबिन’का आधारमा हुने प्रतियोगितामा पहिलो हुने टोली मलेसियामा हुने पाँचौं एसियाली यु–१६ पुरुष बास्केटबलका लागि छनोट हुनेछ ।

प्रतियोगिताको उद्घाटन भने बुधबार हुनेछ । बुधबार दुई खेल हुनेछ ।

पहिलो खेलमा बंगलादेशले भारतको सामना गर्नेछ । दोस्रो खेलमा भुटानसँगको प्रतिस्पर्धाबाट नेपालले यात्रा थाल्नेछ ।