
बाजागाजा नाचगानसहित दलका उम्मेदवार रौतहटको आ–आफनो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरिरहेका छन् ।
रौतहटको २ गाउँपालिका र १६ ओटा नगरपालिकामा खोलिएका निर्वाचनको कार्यालयमा दलहरुका उम्मेदवारले मनोनयन दर्ता गरिरहेका छन् ।
रौतहटको सहरी क्षेत्र र ग्रामीण भेगमा चुनावी माहौलले मतदातालाई उत्साहित बनाएको छ ।
तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् आगामी असोज २ गते हुने निर्वाचनमा रौतहटमा २७७ मतदानस्थल तोकिएको छ भने ४३४ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
तीन लाख २१ हजार १८ जना मतदाता रहेको रौतहटको १८ स्थानीय तहमा मेयर, उपमेयरसहित जम्मा ८२१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्