Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


जनकपुर उपमहानगरपालिकामा यी हुन् मेयर–उपमेयरका उम्मेदवार !


0
Shares

एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ ओटा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको हो ।

जनकपुर उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट मनोज साह, उपमेयरमा निलम कर्ण, नेकपा एमालेबाट मेयर पदमा लक्ष्मीनारायण भगत साह, उपमेयरमा पुनम मिश्र, नेकपा माओवादी केन्द्रबाट मेयरमा चन्द्रशेखर साह, उपमेयरमा निलम कर्णले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, राजपा नेपालबाट मेयरमा लालकिशोर साह, उपमेयरमा रीता झा, संघीय समाजवादी फोरम नेपालबाट मेयरमा विष्णुदेव साह, उपमेयरमा गीता यादव र नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा हंशराज साह र उपमेयरमा पुनम चौधरीले उम्मेदवार दिएका छन् ।

उम्मेदवारहरुले नारा–जुलुस प्रदर्शन गरेपछि मनोयनपत्र दर्ता गराएका थिए ।

स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा तेस्रो चरणमा आगामी असोज २ गते निर्वाचन हुन लागेको हो ।