
१६ स्थानीय तह रहेको बारामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाहेक अरु दलहरुले सबै तहमा उम्मेदवारी मनोनयन दर्ता गराएका छैनन् ।
२ उपमहानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिका रहेको बारामा ३७ दलले दल दर्ता गराएका थिए ।
तर, सबै तहमा उम्मेदवारी दिने दलहरुमा कांग्रेस, एमाले र माओवादी केन्द्रमात्रै रहेका हुन् ।
प्रदेश नम्बर–२ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्