२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


पोखराबाट अपहरण गरी धादिङ पुर्‍याइएकी वालिका मुक्त


0
Shares

पोखराको चिप्लेढुंगाबाट अपहरण गरी ल्याइएको बालिकालाई प्रहरीले धादिङको थाक्रे गाउँपालिकास्थित सिम्लेबाट सकुशल उद्दार गरेको हो ।

बालिका अपहरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा धादिङकै धुनीबेसी नगरपालिकाका २७ वर्षिय सन्तोष सापकोटा रहेका छन् ।

बालिकालाई अहिले प्रहरी चौकी गल्छीमा राखिएको छ भने अपहरणमा संलग्नबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।