१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


स्थानीय तह निर्बाचनः आज दावी विरोध, शनिबार अन्तिम नामावली प्रकाशन


0
Shares

आयोगले आज १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको विरोधमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरेको हो ।

त्यसपछि उजुरीमाथि छानबिन गरी शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिने आयोगले जनाएको छ ।

आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहे शुक्रबार साँझ ५ बजेसम्मको समय तोकिदिएको छ । शनिबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने आयोगको तयारी छ ।

शनिबार नै चुनाव चिह्नसमेत वितरण गरिने भएको छ ।

प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि हिजो १८ हजार २ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका थिए ।