१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


जुत्ता बेचेर गीत रेकर्ड गरें, र्‍याफ्टिङमा कन्सर्ट गरेर विश्वमा रेकर्ड राखें: धिरज राई (भिडियो)


0
Shares

नेपालमा पप गीतको क्रेज बढ्दै गइरहेको सुरुवातीमा चर्चित गीत गाएर नेपाली सांगीतिक आकाशमा चम्किएका धिरज ‘गिनीज वल्र्ड रेकर्ड’मा समेत नाम लेखाउन सफल गायक हुन ।

‘बुद्ध नेपालमै जन्मिएका हुन’ भन्ने अभियान चलाएर उनले थप ख्याती कमाएका छन् । धिरजसँग इमेज च्यानलको ‘ई-सेलेप्स’ कार्यक्रममा लिएको अन्तरबार्ताको अंशः

हाल के मा ब्यस्त हुनुहुन्छ ?

अहिले चाहिं एउटा अंग्रेजी एल्बमको तयारी गरिरहेको छु । १५ वटा एल्बम पछिको यो बेल्जियमबाट रिलिज हुनेछ ।

तपाईको ‘बुद्ध वज बर्निङ नेपाल’ गीत पछिल्लो समयमा खुबै चर्चित भयो । खासमा यो गीत कसरी तयार भयो ?

यसको रोचक प्रशंग छ । हाम्रो एमए दोस्रो बर्षको ‘दि हिस्ट्री अफ नलेज’ अंग्रेजी किताबमा बुद्ध भारतमा जन्मिएको भनेर लेखिएको रहेछ । त्यसपछि अंग्रेजी साहित्य पढीरहेका साथीहरु मिलेर दबाबमुलक अभियान चलाऔं । विश्वविद्यालयको पाठ्यक्रमबाट त्यो च्याप्टरै हटाउन सफल भयौं । त्यसपछि मैले यस्तो गीतको परिकल्पना गरें । करिब १७ वटा देशमा बुद्ध नेपालमै जन्मिएका हुन भनेर सन्देशमुलक र्याली निकालें । अनि गीतमार्फत थप सन्देश फैलाउन खोजेको हुँ ।

गिनिज बुकमा कसरी नाम लेखाउन सक्नुभयो ?

नेपाललाई चिनाउन केही साहास चाहिने रहेछ । मैले त्यो साहास गरें । हामी त्रिशुली बचाउ अभियानमा धेरै जना साथीहरु सामेल थियौं । किनकी विश्वमा नेपालका नदीहरु र्‍याफ्टिङ गर्न खतरा छ भनेर गलत हल्ला फैलिएको थियो । त्यसलाई चिर्नका लागि म लगायत मेरो समूहका साथीहरु मिलेर त्रिशुली नदीको बेगमा र्‍याफ्टिङमा चढेर कन्र्सट गर्ने साहास गरेका हौं । ४६ मिनेटसम्म निरन्तर कन्सर्ट गर्‍यौं । त्यही र्‍याफ्टीङमा गरिएको कन्र्सटले नै विश्वलाई चकित बनाइदियो ।

पहिलो गीत रेकर्ड गर्दाको अनुभव सुनाइदिनुहोस न ?

कक्षा ८ को परीक्षामा फस्ट भएपछि ममीले मंहगो जुत्ता किनिदिनुभएको थियो । त्यो जुत्ता लगाएर टोलमा निकै हिरो भएको थिएँ । टोलमा हिरो त भएँ तर गीत रेकर्ड गर्न सकेको थिइन् । १२ सय को नयाँ जुत्ता साथीलाई पाँचसय रुपैंयाँ बेचें । तिहारमा देउसी भैलो खेलेर थप पाँचसय कमाएर पहिलो गीत रेकर्ड गराएँ ।

तपाईंको दैनिकी कसरी वितिरहेको छ ?

म विहानको समय कलेजमा अंग्रेजी विषय पढाउँछु । म इन्जिनियर पनि भएकाले दिउँसोका समयमा नगरपालिकामा नक्सा तयार गर्ने काम गर्छु । आफ्नै कन्सल्टेन्सीमा पनि समय खर्चिन्छु । साँझ परिवारसँगै रहन्छु ।

“>