
‘निजामती कर्मचारीको प्रतिबद्धता: पारदर्शिता र चुस्तता’ भन्ने नाराका साथ आज स्वास्थ्य मन्त्रालयमा आयोजित रत्तदान कार्यक्रममा निजामती सेवाका कर्मचारीको उलेख्य सहभागिता रहेको थियो ।
नेपालमा वि.सं.२०१३ सालमा निजामती सेवा सुरु भए पनि दिवस मनाउन थालिएको भने १३ वर्ष मात्र पूरा भएको छ । निजामती सेवा दिवस मनाउन थालिएको लामो समय भए पनि निजामती सेवा परिणाममुखी र जनमुखी बन्न नसकेको गुनासो सेवाग्राहीको छ ।
दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा प्रभावकारिता, राज्यका तीनओटै तहमा सेवा प्रवाहको सुनिश्चितता र नागरिकप्रतिको जवाफदेहिता बढाउन आग्रह गरेका छन् ।
१४ औं निजामती सेवा दिवस देशैभरी विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
प्रतिक्रिया दिनुहोस्