१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


आफ्नै नवजात शिशुलाई मारेर फालेको अभियोगमा महिला पक्राउ


0
Shares

काठमाडौं, माघ २ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ ।

काठमाडौं, महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

शिशुको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घरेलु मदिरा बरामद

यस्तै, प्रहरीले तीन हजार लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चापदार्थ बरामद गरी नस्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले दक्षिणकाली नगरपालिका क्षेत्रबाट ५०० लिटर र महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले काठमाडौं, शंखरापुर नगरपालिकाबाट ५०० लिटर तयारी मदिरा र दुई हजार लिटर कच्चापदार्थ बरामद गरी बुधबार नस्ट गरेको जनाएको छ । रासस