Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नाबालिकालाई अपहरण गरी बलात्कार गर्ने अभियुक्त समातिए


0
Shares

गत भदौ ३ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामसुरेबाट एक नाबालिकालाई फकाइ–फुलाइ अपहरण गरी जंगलमा लगेर जबर्जस्ती करणी गर्ने मकवानपुर, इन्द्र सरोवर गाउँपालिका–८ घर भइ हाल हेटौंडा–९ लामसुरे बस्ने २९ वर्षीय श्रीराम कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त कार्कीले अपराध स्वीकार गरिसकेकाले उनलाई आवश्यक कारबाहीका लागि अदालतमा पेस गरिने बिहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको छ ।