१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


प्रदेश नम्बर–२ मा ३६ हजार ७३ जनाको उम्मेदवारी दर्ता


0
Shares

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सन्चालन केन्द्र (जेइओसी)बाट प्राप्त पछिल्लो जानकारीअनुसार निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमध्ये प्रमुख/अध्यक्ष पदमा एक हजार ७८३, उपप्रमुख/उपाध्यक्ष पदमा एक हजार १३० र वडाध्यक्ष पदमा ८ हजार १८ जनाको मनोनयन दर्ता भएको छ ।

यसैगरी, खुला सदस्य २ पदमा १३ हजार ७७, महिला सदस्यमा ६ हजार ३६० र महिला दलित सदस्यमा पाँच हजार ७०५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

उम्मेदवारी दर्तासम्बन्धी विवरणलाई प्रशोधन गरी एकीन गर्ने कार्य जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

स्थानीय तहकोे निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताकार्य बुधबार उत्साहजनक एवं शान्तिपूर्णरुपमा व्यापक सहभागितामा सम्पन्न भएको थियो ।

तेस्रो चरणअन्तर्गत् स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कूल ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् । रासस